दशगजा क्षेत्रमा भारतबाट आएका नेपालीहरू अलपत्र


२०७७ वैशाख ३० - काठमाणडाैं - परासीकाे (बर्दघाट - सुस्ता - पश्चिम) को नेपाल-भारत सीमा नाकामा भारतबाट अाएका एक सय भन्दा बढीकाे संख्यामा नेापली'हरू बिगत ३ / ४ दिन देखी दशगजामा अलपत्र परेका छन । छिमेकी मुलुक भारत र नेपाल सिमा अन्तर्गत रहेकाे गेर्मी भुजहवा, गुठी प्रसौनी र सुस्ता नाकाको दशगजा क्षेत्रमा नेपाली बसेका छन । सीमा क्षेत्रमा आएर बसेका नेपालीले आफूहरु नेपाल प्रवेश गर्न पाउनुपर्ने माग बताएका छन । संभावित जाेखिम तथा नेपालमा सिमा नाका बन्दा तथा लकडाउन भएकाकारण स्थानीय प्रशासन'ले नेपाल प्रवेश गर्न खोज्ने नेपालीलाई दशगजा क्षेत्रमा रोक लगाउँदै आएको बताइएकाे छ । हाल उनीहरूकाे नेपालतर्फ उद्धार गर्न जिल्ला प्रशासन कार्यालय मार्फत आवश्यक समन्वय भइरहे'को सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका गणपति भरत खनियाले बताउनु'भयाे साे अबस्था बारे आफूले गृह मन्त्रालयमा जानकारी गराइसके'को र निर्देशन आए'पछि मात्र अावश्यक कदम चालिने र समस्या समाधान खाेज्ने प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताउनु'भएकाे छ । बिश्वब्यापी संक्र'मणका कारण भारतम पनी बस्ने तथा राेजगारीकाे माहाेल नभए'पछी पश्चिम नवलपरासी'को नेपाल–भारत सीमा क्षेत्रमा राति खेतको बाटो हुँदै लुकीछिपी नेपालीहरु नेपाल प्रवेश गर्ने गरेका छन उनीहरूलाइ केही स्थानीय तह र सीमा पारि भारत नजीकै रहेका गाउँलेले सामान्य खानापान र त्रिपालको व्यवस्थापन गरेकाे बताइएकाे छ ।