शिक्षण अस्पतालमा बालिकामा कोरोना भेटिए पछि चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा


२०७७ जेठ १ काठमाडौं - काठमाण्डाैकाे महारजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गरीरहेका एक ६ वर्षीया बालिकामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भए पछि उनकाे उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जना चिकित्स लाई क्वारेन्टाइनमा राखिएको छ । न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा लगिएकाे र साे बालिकाकाे उपचारमा संलग्न चिकित्सकहरू तथा अाफन्तलाइ लाइ पनी काठमाडौँ ल्याइ पनि क्वारेन्टाइनमा राखिएको छ । कपिलवस्तुबाट ल्याएर शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार गराइरहेकी बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।