अहिलेको प्राथमिकता बाँच्नु र बचाउनु : विनोद चौधरी


२०७७ जेठ ५ काठमाडौ - सांसद तथा उद्योगपति विनोद चौधरीले कोरोना महामारीको अबस्था रहेकाे अहिलेको समयमा बाँच्नु र बचाउनु नै नेपाल सरकारको मुख्य प्राथमिकता हुनुपर्ने बताएका छन । सांसद चौधरीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि जारी छलफलमा भाग लिँदै नीति तथा कार्यक्रममा पहिले देखि सञ्चालनमा रहेका कतिपय आयोजनाको व्याख्या गरिए पनि आजका प्राथमिकता बाच्नु र बचाउनु नै भएकाे उल्लेख गरेका हुन। खुलेका उद्योग नै चल्न नसकेको अवस्थामा भोलिको दिनमा नयाँ उद्योग खुल्ने र लाखौं रोजगारी दिने उद्घोष दिवास्वप्न मात्र हुने चौधरीले बताए । चाैधरीले नाङ्लो पसले, रिक्सा चालकदेखि लिएर समाजको हरेक वर्ग कोभिड १९ र कोभिड भन्दा अगाडि भोकमरीले मरिने हो कि भन्ने त्रासमा रहेको बताउदै रोजगारी गुम्दै गैरहेकाे उद्योग धन्दा बन्द भएकाे अबस्थाले दिनहुँ काम गरेर हातमुख जोड्नुपर्ने बाध्यता भएका कामदार कामविहीन बनेकाे उल्लेख गरेका छन । भारत र चीनबाट आयात हुने तरकारीमात्र प्रतिस्थापन गर्न सके पनि मुलुक आत्मनिर्भर हुने उनको भनाइ छ । बेरोजगारी अबको ठूलो चुनौती रहेको भन्दै उनले विदेशबाट ठूलो संख्यामा युवा जनशक्ति फर्कने क्रममा रहेकाले उनीहरुलाई कृषिमा लगाउन सक्नुपर्ने धारणा राखे ।