सरकारले लियाे खराे एक्सन VIP काे सुरक्षामा खटिएका सशस्त्र प्रहरी सीमा नाकामा खटाउने निर्णय


२०७७ वैशाख २९ - काठमाडौँ - नेपाल सरकारले भीआईपीको सुरक्षामा खटाइएका सशस्त्र प्रहरी लाई साे जिम्मेवारीबाट बाेलाएर नेपालकाे सीमा सुरक्षाका लागि खटाउने भएको छ । मन्त्री ज्ञवालीले सीमामा सुरक्षा संयन्त्र बढाउने सरकारकाे योजना अनुरूप यस्तो निर्णय गरिएको बताउनुभएकाे हाे । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमामा खटाउने निर्णय भएको जानकारी दिनुभएकाे हाे याे पनी पढ्नुस सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा र विद्यार्थी संगठनले संयुक्त रूपमा नेपाल र भारतको सिमानामा काँडेतार लगाएर घेराबार गर्न नेपाल सरकारसँग माग गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै सिमाना रक्षा गर्न काडेतार लगाई घेराबार गरी नेपाली सुरक्षा फौज सिमामा खटाउन सरकारसंग आग्रह गरेको हो । अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल ले वैशाख २६ गते भारतले नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक सञ्चालन राेक्न र गएकाे मंसिरमा भारतले नेपाली भूमि समेटेर सार्वजनिक गरेको नक्सा खारेजीगर्न तत्काल कुटनीतिक पहल चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै उनीहरूले नेपाल भारत सीमा नाकामा रहेकाे समस्या दीर्घकालीन रुपमा हल गर्न उच्च तहबाट निर्णायक पहल लिन सरकारलाई आग्रह गरेको छ । ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा समस्या समाधान गर्न सरकारले कुटनीतिक पहल गरिरहेको बताएका छन। हेर्नुहोस् ज्ञापनपत्र यस्ताे छ : ।