पोखरामा मोदीको पुत्ला दहन


२०७७ वैशाख २८ पोखरा - पश्चिम नेपालकाे लिपुलेकमा नेपालकाे भुमी मिचेर भारतले सडक संजाल बनाएपछी नेपालभर चर्काे बिराेध भैररहकेा छ । जसकाे बिराेध स्वरूप गणडकी प्रदेश कास्कीकाे पोखरामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ । माेदीकाे पुत्ला दहन गर्ने ४ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षितिज सापकोटा, विशाल तामाङ, विनय अधिकारी र मिलन सुवेदी रहेका छन । सापकोटा अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् भने अरू जिल्ला तहका नेता रहेका छन । राष्ट्रिय स्वाधीनताका लागि आत्म समर्पणवादको विरोध गर्दा प्रहरीले गिरफ्तार गरेको सापकोटाले बताएका छन ।

नेपाल सरकारकाे परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली'ले भारतले नेपाली भुभाग मिचेर १९ किमि सडक निर्माण गरेको बताउनुभयाे । आइतबार राजधानीमा बसेकाे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा ज्ञवालीले भारतले दार्चुला'को लिपुलेक हुँदै चीनकाे तिब्बत स्थित मानसरोवर जोड्ने सडक निर्माणका लागि १९ किमि नेपाली भुभाग अतिक्रमण भएकाे जानकारी गराउनु भएकाे हाे । नेपाल–भारत सीमाको वैज्ञानिक आधार सन् १८१६ को सुगौली सन्धि नै भएको बताउँदै त्यस्तै मन्त्री ज्ञवालीले वि'वादित विषय सुगौली सन्धि अ'नुसार नै समाधान हुनु'पर्छ भन्नेमा नेपाल'काे अडान रहेको बताउनु'भयाे ।

साे स्थानमा भारत'ले नेपाली भुभाग मिचेर सडक निर्माण गरेको जानकारी पाउना साथ दिल्ली स्थित नेपाली दूतावासबाट यसबारेमा विस्तृत जानकारी मगाइ सकेको समेत मन्त्री ज्ञवाली'ले जानकारी दिनु'भयाे । भारतले लिपु'लेक हुँदै तिब्बत जोड्ने सडक'को अवधारणा सन् १९९९ मा बताएकाे बताउँदै मन्त्री ज्ञवालीले भारतले २००५ मा स्वीकृत गरेको सो सडकमार्गको निर्माण कार्य सन् २००८ देखी नै सुरु गरेको उल्लेख गर्नु'भयाे । सन् २०१४ मा नरेन्द्र मोदी सरकारको नेतृत्वमा आए पछि भारतले सडक निर्माणमा ब्यापक तीव्रता दिएको थियाे । यसै सन्दर्भमा भारत'काे विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि बिश्व'महा'मारी को'रो'ना भा'इर'सको सं'क्र'मण रोकिए'सँगै परराष्ट्र सचिव स्तरीय वार्ता गर्ने कुरा दोहोऱ्याए'को उल्लेख गर्दै मन्त्री ज्ञवालीले कूटनीतिक तवरबाटै समस्या समाधान गरिने बताउनु'भयाे । हिजाे मात्रै नेकपा अध्यक्षा द्पय प्रम केप शर्मा अाेली तथा पुषपकमल दाहाल प्रचन्डले भारतकाे साे कदमकाे बिराेध जनाउदै । लिखित अापत्ति जनाउदै नेपालकाे साे भुमागमा कुनै पनी भारतिय गतिबित्धि बन्द गर्न अपिल गरेकाे थियाे ।