नेपाल भारत सीमानामा तारबार लगाउन १ महिनाकाे तलब दिन तयार छु


२०७७ बैशाख ३१ - काठमाडौ - राष्ट्रिय सभाका सदस्य इन्दु कडरियाले भारत र नेपालको सीमानामा तारबार लगाउन नेपाल सरकारसँग माग गरेका छन । राष्ट्रियसभाको शून्य समयमा बोल्दै खुल्ला सिमाना भएका कारण छिमेकी भारतको मिचाहा प्रवृत्तिले सीमामा बस्ने नेपाली नागरिकहरूलाई पनी भारतले आक्रान्त बनाइरहेको पनि सांसद कडरियाले बताइन । कडरियाले पूर्व पश्चिम सम्म, नेपालका सम्पुर्ण सीमाना निर्धारण गरी काडेंतारबार र पर्खाल लगाउनुपर्ने अावश्यकता रहेकाे बताउदै यदी सरकारले नेपाल भारत सिमामा तारबार लगाएमा संसद सचिवालयबाट आउने १ महिनाकाे तलब दिन्छु साे कार्यकाे लागी दिने बताइन ।