रिपोर्ट नआई शव बुझाउने नेशनलमा सिल - कारबाही पनि गरिने


२०७७ जेठ १२ - पर्सा - काे'भि'ड - १९ परीक्षणको रिपोर्ट नआउँदै शव आफन्तलाई बुझाउने वीरगन्जको नेशनल मेडिकल कलेजमा सिल गरिएको छ । मृत'कको रिपोर्ट को'रो'ना पोजे'टिभ आएको जानकारी पाउना'साथ मानिसको आवत'जावत न्यून गरी शिल गरिएको हो। परीक्षणको रि'पोर्ट नआई शव आफन्त'लाई जिम्मा लगाउने मेडिकल कलेजलाई कारबाही गर्ने निर्णय पनि भइसकेको छ। स्वास्थ्य परीक्षणका लागि रिपोर्ट नआउँदै गएको जेठ ४ गते शव आफन्त'लाई जिम्मा लगाउने मेडिकल कलेज'लाई कार्वाही गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। मृतक'लाई उपचार गरिएको अस्पतालको वार्डमा शिल गर्ने धेरै मानिस'को मोमेन्ट हुन नदिने र स्वास्थ्य'कर्मीहरु'को वारेमा बुझ्ने कामहरु भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले बताइन। अझ सूक्ष्म तरिकाले निगरानी गर्ने कन्ट्याक ट्रेसिङ गर्ने जस्ता काम गर्ने तयारी भइरहे'को उनको भनाइ छ। कारबाही'का लागि गृह मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रलयमा सिफारिस गर्ने निर्णय भएको, जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका ललित कुमार बस्नेतले बताए।