१८ वर्षीकी युवतीमा काे'राे'ना मामला देखिए'पछि कपनको तेन्जिङ चोक सिल गर्ने तयारी


२०७७ जेठ ४ - काठमाडाै - राजधानी स्थित कपनको तेन्जिङ चोक नजिक बसोबास गर्ने १८ वर्षीया युवती'को पिसिआर रिपोर्ट पोजेटिभ देखिए पछि उक्त क्षेत्रमा कडा सतर्कता अपनाइएको छ । सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी एक युवतीमा काे'राे'ना पोजे'टिभ देखिए पछि युवती बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर सिल गरिएको बूढानीलकण्ड नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिएकाछन । पिसिआर परीक्षणमा पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । युवतीका आमा र भाइको रिपोर्ट भने नेगे'टिभ आएको परिवारले जानकारी दिएको छ । युवतीको रिपोर्टमा पोजे'टिभ आएपछि उक्त क्षेत्रमा एक टोलबाट अर्को टोलमा हुने आवत'जावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ । रासस-