डब्ल्यूएचओकाे खुलासा कीटनासक स्प्रेले काे'राे'ना भाइरसबाट बचाउन सक्दैन !


२०७७ जेठ ४ काठमाण्डाै - विश्वका विभिन्न देशमा सार्बजनिक स्थान तथा यातायात काे साधन गुड्ने सडकलाई काे'राे'ना भाइरसकाे सङ्क्रमणबाट मुक्त गर्ने नाममा कीटाणुनाशककाे ब्यापक प्रयाेग भइरहेकाे छ तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यस्ताे कदम प्रति चेतावनी दिँदै कीटाणुनाशक स्प्रेले काे'राे'ना भाइरस समाप्त नहुने र स्वास्थ्यमा उल्टै प्रतिकूल असर पार्न सक्ने चेतावनी दिएकाे छ । सडक वा बजारमा काे'राे'ना भाइरस वा अन्य राेगकाे कीटाणु समाप्त गर्न ग्यासकाे रुपमा कीटाणुनाशक स्प्रेकाे प्रयाेग नगर्न सल्लाह दिन्छाैँ किनकि धुलाे र ग्यासले पनि याे कीटाणुलाई कुनै असर नगर्ने डब्ल्यूएचओले जनाएकाे छ । काेभिड–१९ काे महामारीलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य सङ्गठनले शनिबार स्वच्छता र सतहलाई कीटाणुमुक्त गर्नका लागि एक निर्देशिका सार्वजनिक गर्दै भाइरस समाप्त गर्न कीटाणुनाशक छर्कनुकाे कुनै असर नपुग्ने जनाएकाे हाे । विश्व स्वास्थ्य संगठनका अनुसार सडक र फुटपाथ काे'राे'ना भाइरसकाे आश्रयस्थल हाेइन कीटाणुनाशक स्प्रे छर्कुन मानव स्वास्थ्यका लागि खतरनाक हुन्छ । कहिल्यै पनि मानिसमाथि कीटाणुनाशक नछर्कन सल्लाह दिइन्छ । याे शारीरिक र मानसिक रुपमा हानिकारक हुन सक्छ । क्लाेरिन वा अन्य कुनै विषालु रसायनकाे प्रयाेगले आँखा वा छालामा जलन, श्वासप्रश्वासमा समस्या वा पेटसम्बन्धी राेग निम्तिन सक्छ । कीटाणुनाशक स्प्रेकाे प्रयाेग गरिन्छ भने स्प्रेलाई कपडामा भिजाएर पुछ्नु पर्छ', डब्ल्यूएच‌ओले भनेकाे छ । विश्वभर तीन लाखभन्दा धेरैकाे ज्यान लिएकाे भाइरस सतह वा कुनै चीजमा रहन सक्छ यद्यपि काे'राे'ना भाइरस कुनै सतहमा कति समयसम्म रहन्छ भन्नेबारेमा पूर्ण जानकारी प्राप्त भइसकेकाे छैन । याे भाइरस कुनै सतहमा कैयाैँ दिनसम्म अस्तित्वमा रहन सक्ने अध्ययनमा बताइएकाे छ । यसबारेमा हाल थप अध्ययन भइरहेकाे छ ।