पहाडमा चट्याङ्ग र असिना पानीको संभावना; तराईमा हावाहुरी आउने


काठमाडौं, बैशाख २०- नेपालका पहाडी भूभागका केहि स्थानहरुमा शनिवार मेघगर्जन, चट्याङ्ग र असिना सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको हाे । स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेकोले जुनको दोस्रो सातासम्म पानी पर्ने उच्च सम्भावना रहने मौसम विदहरुको भनाइ छ । लक डाउन यता बर्षायाम सुरु हुनु अघिनै नेपालका बिभिन्न भागमा नियमित पानी परेको छ । तर यो मनसुन सुरू भएकाे नभएर प्रि मनसुन मात्र भएको मौसमविदको बुझाइ छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि बिशेष अनुरोध गरेको छ ।