भारतले दियो नेपाललाई ३० हजार पिसिआर किट


२०७७ जेठ ४ - काठमाडाै - छिमेकी मुलुक भारतले को'रो'ना परीक्षण गर्नका लागि नेपाल सरकारलाई ३० हजार पिसीआर परिक्षण गर्ने किट सहयोग गरेको छ। भारत सरकारको तर्फबाट नेपाललका लागि राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उक्त किट हस्तान्तरण गरेका हुन । यसअघि गत वैशाख १० गते राजदूत क्वात्राले नेपाललाई २३ टन औषधि हस्तान्तरण गरेका थिए । आइतबार बिहान माइल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट गुणस्तरीय मनिएकाे पिसिआर किट नेपाललाइ हस्तान्तरण गरिएको हो। मेडिकल सामाग्री र किटको हस्तान्तरणले को'राे'नाले निम्त्याएको साझा चुनौती विरुद्ध तयार रहन, सामना गर्न तथा एक साथ लड्न दुई देशका नेता एवम् जनताबीचको जारी सहकार्यलाई दर्शाउने भारतीय दूतावासले बताएकाे छ ।