दुई करोड १० लाख खर्च गरेर बनाएकाे पुल ६ महिनामै जीर्ण !


२०७७ बैशाख २८ - गण्डकी प्रदेश म्याग्दीमा अबस्थित अन्नपूर्ण गाउँपालिका ५ शिखमा निर्मित शिख-स्वाँत जोड्ने आर्क मोटरेबल पुल ६ महिना नपुग्दै जीर्ण भएको छ । ३१ मिटर लामाे रहेकाे साे पुलको बीच भागमा दुई वटा दुलाे परेको बताइएकाे छ । स्वच्छन्द गौचन जेभीमार्फत साे पुल गत मङ्सिरमा पूर्वाधार विकास योजना कार्यालयले दुई करोड १० लाख रुपैयाँको लागतमा निर्माण गरेको थियो । स्थानीयवासीहरूले ठेकेदारले पुल निर्माणमा कमसल सामग्री प्रयोग गरेकाे कारण पुलको अवस्था जीर्ण बनेकोबताएका छन । पुल निर्माणको समय अबधी गत चैत मसान्तसम्म रहेकाेमा कोरोना सङ्क्रमणको जोखिमबाट बच्न सरकारले गरेकाे चैत ११ गतेदेखि लकडाउन गरेका कारण काम स्थगन भएकाे ठेकेदार कम्पनी स्वच्छन्द गौचन जेभीका प्रतिनिधि ओभरसियर सुनम बरालले बताए । उनले पुलको संरचनामा कुनै क्षति नपुगेको तर वर्षाका कारण पुल वरपरको भाग अलिकति भासिएको बताएका छन । स्थानीयवासीले भने पुलमा नै दुई वटा भ्वाङ परेको र जोखिमपूर्ण तरिकाले वारपार गर्नुपर्ने अवस्था रहेकाे बताएका छन् । जिल्ला पूर्वाधार विकास समितिका प्रमुख ओमलाल ढुङ्गानाले बाँकी काम लकडाउन खुलेपछि बाकी काम गरिने बताएका छन । अाजकाे उज्यालाे ९० मा खबर छ रहेकाे छ ।