संक्रमित बढे पछि कपिलवस्तु जेठ ५ सम्म सिल गर्ने निर्णय


२०७७ वैशाख २९ - काठमाणडाैं - एका एक कोरोना संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्ला जेठ ५ सम्म सिल हुने भएकाे छ । भारतबाट आएका स्थानीयमा हरुमा कोरोना संक्रमण पाएपछी कपिलबस्तुकाे सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो । जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय लिएकाे छ । कपिलवस्तु सिल भएपनी कपिलवस्तुमा महत्वपुर्ण बाटाे महेन्द्र राजमार्ग पर्ने भएकाेले पूर्वपश्चिम राजमार्गमा अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरु भने नरोकिकन चल्न पाउने छन । स्थानीय प्रशासन ऐन २०२८ को ६(३) क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्ला भित्र स्थानीय साधन सवारी, उद्योग, निर्माण कार्यमा भने पूर्ण रूपमा रोक लगाइएको बताएइकाे छ । तरकारी तथा खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याइएको छ । अाज सोमबार सम्म कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १५ जना पुगेको छ भने नेपाल भर याे समाचार तयार हुदा सम्म १२१ मामला फेला परेकाे छ । ।