धादिङ केन्द्र बिन्दु भइ ४.८ म्याग्निच्यूडको भूकम्प । राजधानी सम्म धक्का


२०७७ जेठ १७ काठमाडाै - नेपालमा शनिबार बेलुका धादिङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको छ । बेलुकी करिब ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्पको कडा धक्का महशुष भएको भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको र त्यसको धक्का राजधानी काठमाडाैँ सम्म महशुष गरिएको बताएका छन । भुकम्बाट के कति क्षति भए साे बिबरण भने अाउन बाकी छ ।