बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन : प्रधानमन्त्री ओली


२०७७ बैशाख ३० - काठमाडौ - सत्तारूद दल नेकपाका अध्यक्ष एबं नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारत सँगको सीमा समस्या समाधान नहुने बताएका छन । मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकमा प्रम अाेलले आवेशमा आएर, बाटोमा बुरुक्क उफ्रिएर यो समस्या समाधान नहुने भन्दै यसका लागि सक्दाे छिटाे भारतसँग वार्ता गर्नुपर्ने बताएका हुन । भारतले तिब्ब्तको मानसरोवर जानका लागि नेपाली भूमि मिचेर सडक बनाए पछि सीमा विवाद बढेको हाे । सरकारले १९ किमि सडक नेपालमा भुभागमा भारतले बनाएकाे जनाएकाे छ । सरकारले साे मामला बारे भारतीय राजदुतलाई बोलाएर कुटनीतिक नोट हस्तान्तरण गरिसकेको छ तर उता भारतकाे विदेश मन्त्रालयले आफ्नै भूमिमा सडक निर्माण गरेको बताएको तर बिबाद समसया हल गर्न अहिलेकाे संकट अन्त्य सम्म कुर्न अाग्रह गरेकाे थियाे । यता नेपालले भने त्यति लामाे अनिस्चित समय कुर्न। नसकिने बताउकाे छ ।