चिकित्सक र स्वास्थ्यकर्मीको हुर्मत लिने उत्तम कार्की पक्राउ


२०७७ जेठ ४ - काठमाडौ- शुक्रबार नागढुंगामा प्रहरीकै अघि बीच सडकमा चिकित्सक र स्वास्थ्यकर्मीको हुर्मत लिने उत्तम कार्की पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्याम ज्ञवालीलेले कार्कीको पक्राउको पुष्टि गर्दै कारबाहीको प्रक्रिया अघि बढाएको बताएका छन । गुण्डागर्दीको शैलीमा प्रहरीकै अघि चिकित्सक र स्वास्थ्यकर्मीको हुर्मत लिने कार्की चर्को जन दबाब पछि आइतबार उनी पक्राउ परेका हुन । गृहमन्त्रालयले नै यसलाइ गैरकानुनी भन्दै कारबाहीका लागि प्रहरीलाइ अनुरोध गरेको थियो । हाल दूर्व्यवहार गरेर भिडियो बनाउने कार्कीको समाजिक सञ्जालमा चर्को बिरोध भैरहेको छ । यस्ताे थियाे भिडियाे