दुई नेपाली सेनामा को'रो'ना पो'जेटिभ, सं'क्रमितको संख्या २७८


२०७७ जेठ ३ - काठमाडाैँ - नेपाली सेनामा कार्यरत दुई जनामा को'रो'ना पो'जेटिभ पाइएको छ । नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, महोत्तरीमा कार्यरत दुई सैनिकमा को'रो'ना सं'क्रमण देखिएको सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिएका छन । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार संक्रमण पुष्टि हुने महोत्तरी निवासी ५२ वर्षीय र काभ्रे निवासी २६ वर्षीय पुरुष रहेका छन। उनीहरुमा को'रो'ना संक्रमण कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ बताइएकाे छ । उनीहरूकाे अबस्था भने हाल सामान्य नै रहेकाे बताइएकाे छ । नेपालमा हालसम्म को'रो'ना काे मामला हुनेको संख्या २ सय ७८ पुगेको छ । पछिल्लाे समय नेपालमा काेराेना मामला तिब्र रूमा बढिरहेकाे छ ।