को'रोना'बाट विश्वमा १२८ नेपालीको ज्या'न गयाे, १४ हजार बढीमा मामला


२०७७ जेठ १८ काठमाडाै - विश्वभर फैलिएकाे महामारीका काे'राे'ना संक्रमणका कारण शनिबार साँझसम्म नेपाल भन्दा बाहिर परदेशमा हाल सम्म ज्यान गुमाउने नेपालीको संख्या १२१ जना पुगेको छ । गैरआवासीय नेपाली संघ का अनुसार बिदेशमा यो साता थप ७ नेपालीकाे काेराेना मामलाबाट ज्यान गएकाे छ । संघअन्तर्गत स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६६ गैरआवासीय नेपालीकाे ज्यान गएकाे छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युएईमा १९ नेपालीको निधन भएको छ । संघका अनुसार संयुक्त अरब इमिरेट्स , कुवेत र सउदी अरब बेलायत र संयुक्त राज्य अमेरिकामा एकएक तथा बहराइनमा दुई नेपालीको यो साता ज्यान गएकाे हो । साउदी अरबमा आठ, बहराइनमा तीन, कुवेतमा दुई तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस् र स्वीडेनमा एकएक जनाको ज्यान गएकाे छ भने अमेरिकामा ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ । स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, बेलायत, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्तुगल, क्यानडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जियम, स्वीट्जरल्याण्ड, फिनल्याण्ड, जर्मनी, साइप्रस, न्युजिल्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमा, रोमानिया, स्वीडेन, नेदरल्याण्डसलगायत ३४ देशका नेपालीमा कोरोना संक्रमण देखिएको छ । संयोजक डा सापकोटाका अनुसार नेपाल बाहिर १४ हजार ४२५ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको एनआरएन, कोभिड १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन । जसमा करीब ४५००नेपाली निकाे भएकाे बताइएकाे छ ।