छाया अर्थमन्त्रीको सुझाव बजेटको आकार नबढाउ


२०७७ बैशाख २९ - काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा छाया अर्थमन्त्री डा. मिनेन्द्र रिजालले अहिले संकटकाे अवस्थामा सरकारलाई बजेटको आकार नबढाउन सुझाव दिएका छन । रिजालले कोरोनाका कारण स्वास्थ, कृषि, पर्यटन र उत्पादनका अन्य क्षेत्रमा पर्ने प्रभावका बारेमा पुर्ब अनुमान गर्न सकिने अवस्था नरहेको बताउदै साउनपछि पुरक अनुमान प्रस्तुत गर्न पाइने अवस्थामा अहिले बजेटको आकार नबढाउन सुझाव दिएका थिए । नेपाल सरकारले कोरोना प्रभावित क्षेत्रहरूलाई समेटेर बजेट ल्याउने तयारी गरिरहेका बेला छाया अर्थमन्त्री डा. रिजालले अहिले बजेटको आकार बढानुको अर्थ नहुने बताएका हुन । उनले नेपाली अर्थतन्त्रको अवस्था कहालीलाग्दो अवस्थामा रहेको उनले बताए , स्वास्थ्य क्षेत्र, कृषि क्षेत्रका चुनौती के हुन थाहा छैन जोखिमबाट बाहिर निस्किएका छैनौँ ।। पर्यटनले के क्षति व्यहोर्ने हो थाहा छैन । अहिलेको बजेट सीमित रुपमा ल्यायौँ । छलफल गरेर मात्रै ल्याउँ । प्रत्येक निर्वाचन क्षेत्रमा के भएको छ । साउनपछि संविधानको धारा १२१ अनुसार पुरक अनुमान प्रस्तुत गर्न पाइन्छ । अहिलेको अवस्थामा ऋण पनि उठाउन नसकिने र विप्रेषणको आम्दानी पनि घट्दै गएको उनले बताए । वैदेशिक रोजगारीमा गएका व्यक्ति रोजगारी गुमाएर स्वदेश फर्किने अवस्थामा उनीहरुलाई रोजगारी र कृषिको क्षेत्रमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने बेला भएको बताए । राष्ट्रिय गौरबका आयोजनाहरुमा पनि लक्ष्यअनुसारको खर्च हुन नसकेको उनले बताए । आर्थक वर्षमा १ सय ३ अर्ब खर्च गर्ने लक्ष्य भएपनि ६ महिनामा अघिल्लो वर्षको तुलनामा कम १९ प्रतिशत मात्रै खर्च गर्न सकिएको बताएका छन ।