नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडल को उत्कृष्ट ७ मा


२०७७ वैशाख २९ - काठमाडौं - विश्वकै एक प्रसिद्ध गायन प्रतिभा'को खोज रियालिटी शो अमेरि'कन आइडल'को उपाधि यात्रामा नेपाली मूल'का दिवेश पोखरेल दाबेदारी'का साथ अगाडी बढिरहेका छन । अमेरिकन आइडलको १८ औँ संस्करण'को उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश उत्कृष्ट ७ मा अटाउन सफल भएका छन । साे प्रतियाेगिता'काे उत्कृष्ट ११ प्रतिस्पर्धी'बाट भाेटिङकाे अाधारमा मतका आइतबार सर्वा'धिक मत ल्याउने उत्कृष्ट ७ को छनोट गरिएको थियाे जसमा दिवेश पोखरेल'पनी परेका हुन । अमेरिकाको कन्सास राज्यको विचिटामा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडल'मा आर्थन गनको नामले प्रतिस्पर्धा गरेका छन । दिवेशले उत्कृष्ट सात'मा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गाएर सबैकाे मन जित्न सफल भएका थिए । दिवेशको अमेरिकन आइडल'मा सहभागिता सँगै नेपाली समुदायमा पनि साे बहु'प्रतिषठित आइडलप्रति निकै चासो बढेको छ र नेपाली ले पनी केही गर्न सक्छन भन्ने म्यासेज पनी गएकाे छ ।