अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा नेपालका कमल श्रेष्ठले जिते स्वर्ण


२०७७ जेठ १ - काठमाण्डौ - विश्व अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा नेपाली खेलाडी कमल श्रेष्ठले स्वर्ण जित्न सफल भएका छन । गत सागका स्वर्ण पदक विजेता कमलले सात दशमलव ६७ अंक ल्याएर पहिलो भएका थिए । फ्रान्समा जारी विश्व अनलाइन तेक्वान्दोमा ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जित्दा दोस्रो र तेस्रो स्थान पनि नेपाली खेलाडी नै बनेका छन । त्यसै गरी नेपालका जित ब. बोटे दोस्रो र प्रेम ब. लिम्बु तेस्रो भए । महिला तर्फका नेपाली खेलाडी पार्वती गुरुङले ३० वर्ष मुनि समूहमा रजत हासिल गरेका छन । अमेरिकी खेलाडीलाइ झिनो अंकले पछि पर्दै गुरुङले रजत पदक जित्न सफल भएका थिए ।