२ प्रहरीमा को'रो'ना मामला पछी महानगरीय प्रहरी वृत्त कालीमाटी शिल


२०७७ जेठ काठमाडाै - दुइ प्रहरीमा कोरोना संक्रमण देखिए पछि राजधानीकाे महानगरीय प्रहरी वृत्त कालीमाटी शिल गरिएको छ । हिजाे मंगलबार वृत्तका दुई प्रहरीमा काे'राे'ना मामला पुष्टि भएपछि वृत्तलाई शिल गरिएको हाे । वृत्त पूरै सिल गरिएपछि अहिले कालीमाटी वृत्तको क्षेत्र भित्र रहेको स्थानको सुरक्षा तथा ड्युटीको जिम्मा काठमाडौँ परिसरले लिएको छ । ती स्थानहरुमा प्रहरी खटाउने र सुरक्षाको व्यवस्थापन गर्ने जिम्मा काठमाडौँ परिसरले गर्न लागेको छ । वृत्तमा २ सयभन्दा बढी प्रहरी कार्यरत रहेको र आज सबै प्रहरीको स्वाबको नमुना संकलन गर्न लागिएको छ । कोरोना संक्रमण पुष्टी भएका २ पनि प्रहरी ब्यारेकमै बस्ने गरेका थिए ।