भारतमा क्वारेन्टाइन बाट निकालिए नेपाली, गर्भवती महिला पनी अलपत्र !


२०७७ वैशाख २८ - कञ्चनपुर - भारतको उत्तराखण्ड राज्यको रुद्रपुर र काशीपुरमा रेका क्वारेण्टाइन बाट निकालिएका १५० बढी नेपाली मजदुर भोक भोकै बस्न बाध्य भएका छन् । रुद्रपुरबाट झण्डै ९० किलोमिटर पैदल हिँडेर खटिमा पुगेका उनीहरूलाइ पुनः रुद्रपुर पुर्याएर छाडिएको जनाइएको छ । सीमानाकामा प्रवेश पाउने आशामा ती मजदुर महाकाली नगरपालिकाको बाबाथान आउन थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले लखेटेर खटिमा पुर्याएकाे बताइएकाे छ । सो स्थानमा अलपत्र परेका ती मजदुरलाई भारतीय कँग्रेस आइका उत्तराखण्ड प्रदेशका सचिव भुवन कापरीले खानाको व्यवस्था मिलाएका छन । उनीहरूलाइ शनिबार राति बसमा राखेर पुनः रुद्रपुर पुर्याइएको छ । मजदुरले रातभरि खुला आकाश मुनि बस्नुपरेको जनाएका छन् । ती मजदुरमा अधिकांश कञ्चनपुर, कैलाली र डडेल्धुराका नेपाली रहेका छन् । उनीहरुले आफूहरुलाई खानाको समस्या परेकाले उद्धार गरिदिन आग्रह गरेका छन् । अलपत्र परेका मजदुरमा यहाँको बेलौरी नगरपालिका–६ हात्तीबोझाका किशोर टमाटाकी गर्भवती श्रीमती कविता समेत रहेकी छिन् । कैयौँ दिनदेखि भोकभोकै बस्नुपरेको छ, उनले भने, ‘श्रीमतीको सुत्केरी हुने दिन नजिकिँदै गर्दा निकै समस्यामा परेका छौं । मर्नु न बाँच्नुको अवस्थमा पुगेका छौँ । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भारतीय समकक्षीसँग नेपाली मजदुर अलपत्र परेका बारे समन्वयको काम भइरहेको जानकारी दिए । पहिले बसेकै क्वारेन्टाइनमा फर्काउनका लागि पहल भइरहेको जानकारी पाएको छु उनले भने, ‘दुवै देशको समझदारीमा सीमा प्रवेश दिने कुरा हो । भारतीय पक्षको नेपाली मजदुरलाई लगि दिएहुन्थ्यो भन्ने मनसाय रहेको पाएको छु । नेपाल भारत दुइ देशका नागरिकहरू अहिले जुन ठाउँमा छन् । त्यसै ठाउँमा बस्न दिने र खाद्ान्न र रेखदेख गर्ने भन्ने दुइ देश बिच समझदारी भएको हुदा भारतले क्वारेन्टाइनबाट नेपालीलाई निकाल्नु भने पाउने छैन । हामीकहाँ समेत भारतीय नागरिक क्वारेन्टाइनमा बस्दै आएका छन् । के भएको रहेछ यसबारे भारतीय पक्षसँग कुराकानी भइरहेको प्रजिअ ले बताए । यहाँ रहेका भारतीयको विवरण भारतीय पक्षले मागेको हुँदा विवरण तयार गरी उनीहरुलाई दिइने उनले बताए । अध्यपस् केही दिन अगाडीपनी भारतमा फसेका नेपालीहरूले अाफुहरूलाइ एक छाक खान पनी राम्राे संग नदिएकाे गुनासाे पाेखेका थिए उता भारतिय उद्दारकर्मी हरूले अाफुहरूले तिमीहरूलाइ डाेली बाट उठाएर नल्याएकाे बताउदै कठाेर ब्यबहार गरेकाे भिडिाये समेत केही दिन अगाडी बाहिरिएकाे थियाे । रासस