कालापानी नजीक सशस्त्रको सिमा सुरक्षा बेस - बुधबारी देखी नेपाल भारत सिमामा निगरानी तथा सुरक्षा बढाइदै


२०७७ वैशाख २९ दार्चुला - नेपाल सरकारले सुदुर पश्चिम नेपालमा अबस्थित दार्चुला'को व्यास गाउँ-पालिका'को कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना गर्ने भएको छ । व्यासको छाङ्गरु'मा बिओपी स्थापना गर्ने तयारी अन्तिम चरण'मा पुगेको सशस्त्र प्रहरी बल नेपाल नं ५० का सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले बताउनु'भयाे । नेपाल सरकारले गर्काे मङ्सिर महिनामै साे स्थानमा बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो । भारतले यही शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरे'पछि सरकारले अहिले तत्काल व्यासको छाङ्गरु'मा सशस्त्र प्रहरीको बिओपी राखेर देश'काे सिमामा निगरानी तथा सुरक्षा बढाउने भएको हो ।

सशस्त्र प्रहरीको हेडक्वार्टर'मार्फत गृहमा व्यासमा सशस्त्र प्रहरी पठाउने स्वीकृत'का लागि पत्र गइसके'को सुरक्षा अधिकारीले जनाए'का छन् । भारतले नेपाली भूमि भएर सडक निर्माणपछि सीमामा राज्यको उपस्थिति गराउनुपर्ने दबाब परेको थियो । बुधबार'सम्म हेलिकप्टरमार्फत बन्दोबस्तीको सामग्रीसहित सशस्त्र प्रहरी पठाउने तयारी छ । अहिलेलाई छाङ्गरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाउने तयारी भएको विष्टले बताउनु'भयाे । अहिले नै भवन निर्माण गर्न सकिने अवस्था नभए पनि घर भाडामा लिएर सशस्त्र प्रहरी राख्ने तयारी भएको हो । नेपाल प्रहरीलाई पनि सशस्त्रसँगसँगै व्यास पठाउने तयारी भइरहे'को जिल्ला प्रहरी कार्यालय दार्चुला'का सूचना अधिकारी सुरेन्द्र'प्रसाद जोशीले ब जानकारी दिनुभयाे ।