धनकुटामा ५ मामला - थप २५ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ४२७ पुग्याे - नवलपुरमा पनी थपियाे


२०७७ जेठ ७ काठमाडाैँ - नेपालमा थप २५ जनामा काे'राे'ना सं'क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ देखि ४८ वर्षका २५ जनामा काे'राे'ना संक्रमण पुष्टि गरेकाे छ । थपिएका संक्र'मित'मध्ये १८ पुरूष र ७ महिला छन्। बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्र'मित थपिएका छन्। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ। योसँगै नेपालमा कोरोना'भाइरसका संक्रमितको संख्या ४२७ पुगेको छ। आजै कोसी अस्पतालमा रहेका उदयपुरका ८ जना को'रो'ना संक्रमित डिस्चार्ड भएका छन्। याेसँगै ४५ जना निकाे भएर घर फर्किएका छन।