नक्कली विरामी बोक्ने एम्बुलेन्स पक्राउ


२०७७ बैशाख २९ - बिरामी अाेसार पसार गर्ने एम्बुलेन्समा यात्रु ओसार पसार गरेको अभियोगमा बारामा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिश्रामपुर गाउँपालिका - २ बस्ने २४ वर्षीय राजन पटेल र सोही गाउँपालिका- ३ बस्ने २७ वर्षीय अनिल पटेललाइ प्रहरीले पक्राउ गरेकाे हाे । कोरोना भाइरस (कोभिड–१९) काे सम्भावित जाखिमका कारणा देशभर लकडाउन भएपनी उनीहरुले बिरामी बोक्ने अन टेष्ट लेखिएको एम्बुलेन्समा यात्रु बोकी ओसार पसार गरेकाे अवस्थामा प्रहरीले फेला पारेकाे हो । नेपालमा जारी लकडाउनकाे समयमा सार्बजनिक तथा निजि सवारी साधन चल्न सरकारले बन्देज गरेपछी उनिहह्ररूले यस्ताे अाइडिया अपनाएका हुन । उनीहरूलाई अनुसन्धान पश्चात जिल्ला प्रशासन कार्यालय बारामा को आदेशले अनिल पटेल २८ हजार रुपैयाँ र राजन पटेल ७ हजार रुपैयाँ धरौटी राखेर तारेखमा छाडिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।