घरवेटी मात्र लाभान्वित भएपछी, भाडामा बस्नेलाई नै बिजुलीको महसुल छुट दिेने सरकारकाे तयारी


२०७७ बैशाख - ३० - काठमाण्डाै - बिश्वब्यापी महामारी;का कारण सबैकाे जनजीवन प्रभावित भैहेकाे बेलामा नेपाल सरकारले घर भाडामा बस्नेहरु परिवार लाई पनि बिजुलीको महसुलमा छुट दिन अध्ययन थालेको बताएकाे छ । मन्त्री पुनले नेपाल आर्थिक पत्रकार समान (सेजन) ले गरेको भिडिओ कन्फ्रेन्समा मजदुर र भाडामा बस्ने विद्यार्थी ले बिधुतको महशुल चर्को भएको साथै अहिलेकाे समयमा नेपाल सरकारले दिएको बिधुत महसुलमा छुट घरधनीले मात्रै उपयोग गरेको लगायतका गुनासाे सुनिएकाे बताउनु भयाे । सरकारले अहिले २५ प्रतिशत महसुल छुट दिदा घरधनीमात्र लाभान्भित भ्एकाे तर घर भाडामा बस्नेलेसाे सुबिधा नपाएको त्धेरै गुनासोहरू अाउन थालेपछी अब भाडामा बस्नेलाई छुट दिन थप अध्ययन थालिएकाे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जानकारी दिनुभयाे । घर भाडामा बस्ने हरूलाइ छुट्टै मिटर राख्न लगाइ अथवा अन्य कुनै विधिमार्फत छुट दिन सकिने उहाँले बताउनुभयो ।