गोरखा जिल्ला कडा रूपमा सिल गर्ने निर्णय - जिल्लाभित्र खाद्य पदार्थ बोकेका सवारी पनी चल्न बन्देज


२०७७ जेठ १ काठमाडौं - गण्डकी प्रदेश काे गोरखा जिल्ला पनी ५ दिनकाे लागी सिल हुने भएकाे छ कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्लालाइ ५ दिन सिल गर्ने निर्णय गरेको हाे। बुधबार बसेको समितिको बैठकले देशभर कोरोना सङ्क्रमणले उग्र रूप लिदै गएपछी सम्भावित जाेखिमलाइ नियन्त्रणमा लिन जेठ १ देखि ५ गतेसम्म पूरै जिल्ला सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका गाेरखाले जनाएकाे छ । बैठकले अन्य जिल्लाबाट हुने आवागमनलाई पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको हाे । त्यस्तै गोरखा जिल्लाभित्र यसअघि खाद्य पदार्थ बोकेका सवारी साधनलाई पनी अबको पाँच दिनपूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ । खाद्यान्न, तरकारी, पशुपंक्षी, दाना, औषधि तथा माछामासुका पसलबाहेक अन्य पसल खाेल्न पाइने छैन “अस्पतालबाट सिफारिस भएका बिरामी, घाइते, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, किरियापुत्री, मलामी, वडाध्यक्षदेखि माथिका जनप्रतिनिधि वा उनीहरुका सवारी साधनलाई भने सञ्चालन गर्न दिइने त्यसै गरी बैंक, वित्तीय संस्था र बीमा कम्पनी भने बन्द गर्ने निर्णय बैठकले गरेको जिल्ला प्रशासन कार्यालय गाेरखाका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले बताउनुभयो । - रासस