को'रोना'बाट आमा गुमाएका शिशु'लाई पूर्व'मन्त्री बस्नेतले सहयोग गर्ने


२०७७ जेठ ५ - काठमाडाै - नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो को'रो'ना भा'इ'रसबाट ज्यान गुमाएकी सुत्केरी महिलाको शिशुलाई सहयोग गर्ने बताउनुभएको छ । मन्त्री बस्नेतले नवजात शिशुको पौष्टिक आहारका लागि रु ५० हजार सहयोग गर्ने घाेषणा गरेका हुन । साे सहयाेग रकम शिशुको बुबा अस्पातलबाट फर्के पछि हस्तान्तरण गरिने उहाँले बताउनुभयो । साथै उनले साे नवजात शिशुलाई १२ कक्षासम्म निःशुल्करूप मा शिक्षा लगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने समेत पनि उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।