लकडाउनमा टेलिभिजन बाटै ४ -१० कक्षा सम्मकाे पढाइ हुदै


२०७७ वैशाख २९ - काठमाडौं - डिसहोमले नेपालमा जारी लकडाउनको कारण घरमा बसेका शुल्क तिर्न नसकेका ग्राहक तथा विद्यार्थीहरूलाई विशेष प्राथमिकतामा राखेर शैक्षिक सामग्री ल्याएको छ । डिसहोमले लकडाउनका कारण घरमै बस्न बाध्य विद्यार्थीहरूका लागि डिसहोम घरमै क्लास नामक कार्यक्रम सञ्चालनमा ल्याएकाे हाे । घरमा बसेका विद्यार्थीलाई पढ्ने बानी नछुटोस् र लकडाउनलाई उनीहरूले अधिकतम रुपमा सही काममा उपयोग गर्न सकून् भनेर दक्ष शिक्षक सहित तालिका नै बनाएर कक्षा चलाइरहेकाे डिसहाेमले जनाएकाे छ । डिसहोमको च्यानल नं. ११४ मा कक्षा १० को, च्यानल नं.११५ मा कक्षा ९, ८ र ७ को र च्यानल नं. ११७ मा कक्षा ६, ५ र ४ को पाठ्यक्रमहरू बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म प्रशारण भैरहेकाे छ । साे शैक्षिक सामाग्री डिसहोम र डियरवाक लर्निङ सेन्टरको सहकार्यमा गत वैशाख २० गतेबाट संचालनमा ल्याएकाे हाे । जसमा बिद्ालय तहका ४ देखि १० कक्षा सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरू प्रशारण भइरहेको छ।