बुधबार देखी भारतमा रेल चल्ने - लाखाै लाख नेपाली अाउने अनुमान - बढ्याे नेपालमा चिन्ता - के छ तयारी ?


२०७७ बैशाख ३० - काठमांडाै - रोजीराेटीका लागी छिमेकी मुलुक भारत गएका कर्णालीबासीहरु भारतमा तिब्र रूपमा काे'राे'ना मामिला तथा बेराेजगारीका कारणा नेपाल फर्किने क्रममा रहेकाले पूर्व तयारीमा लाग्न प्रदेश सरकारले स्थानीय तह लाई निर्देशन दिइसकेकाे छ । भारतमा कुनै सवारी साधन नचल्दा त हजाराैकाे संख्यामा नेपालीहरू सिमानाका सम्म अाएका छन तर भारतले बुधबारदेखि रेल सेवा सञ्चालनमा ल्याउने तयारी गरेकाे छ रेल संचालना अाए सँगै रोजगारीका लागि भारतमा रहेका लाखै नेपालीहरु स्वदेश फर्कने तयारीमा छन । यता नेपाल सरकारले पनी भारतबाट लाखाै नेपालीहरू नेपाल अाउने अनुमान लगाइ सेकाे छ ।

भारतमा रेल सेवा सञ्चालन मा आएसँगै भारतमा रहेका करिव एक लाख कर्णालीबासी मध्ये एक साताभित्र २५ हजार भन्बदा ढी आउने अनुमान प्रदेश सरकारले गरेको छ । त्यहाकाे प्रदेश सरकारले आफ्नो पालिकाबाट कति जना भारतमा रोजगारीका लागि गएका छन् र कति जना आउँदैछन् त्यसको तथ्याङ्क संकलन गर्न र भारतबाट आउने नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने गरेर पूर्व तयारीमा लाग्न स्थानीय तहहरुलाई निर्देशन दिएको बताएकाे छ । प्रदेश सरकारले भारतबाट आउने नागरिकहरुलाई २१ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने जनाएको छ । कर्णालीका अधिकांश नागरिकहरु भारतमा मौसमी रोजगारीका लागि जाने गर्छन् । चैतको अन्तिमतिर फर्किसक्ने उनीहरु बन्दाबन्दी (लकडाउन) का कारण आउन पाएका थिएनन कति भने भागेर महाकाली नदी तरेर पनी अाउने गरेका छन । नेपाली जन सम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले रेल सेवा सञ्चालनमा आएसँगै नेपालीहरु स्वदेश फर्किने तयारीमा रहेको बताए ।

सुरुमा आउनेहरुलाई बबई र कुइनेमा क्वारेन्टाइन निर्माण गरेर राखिने छ यदी नेपालीकाे संख्या बढ्दै गए सिधैं स्थानीय तहसम्म लै जाने तयारी त्यहाकाे सरकारले गरेकाे छ । मौसमी रोजगारीका लागि ७५ हजारदेखि एक लाख कर्णालीबासी भारतमा रहेको हामीले जानकारी पाएका छौं,’ मन्त्री रावलले भने, ‘ति मध्ये एक साताभित्र २५ देखि ३० हजारको हाराहारीमा कर्णालीबासीहरु आउने अनुमान गरेका छौं । उसाे त कर्णाली प्रदेशबाट मात्र नभै नेपाल भरीबाट भारतमा काम गर्ने लाखाै नेपालीहरू नेपाल फर्किने अनुमान नेपाल सरकारले लगाइसकेकाे छ । उता बैदेशिक मुलुकमा गएका नेपालीहरू पनी ल्याउने र ब्यबस्थापन गर्ने अर्काे कडा चुनाैती छ । यदि बिदेशबाट र भारतबाट लाखै लाख नेपाली हरू एकसाथ नेपाल अाए ब्यबस्थापन गर्ने मुस्किल पर्ने देखिन्छ । नेपाल हाल सम्म १ लाख जनाकाे पिसिअार टेष्ट गर्न सकिने गरी सक्षम बन्दै गएकाे स्वास्थ्य मन्त्रालयले हिजाे मात्र जनाएकाे छ । यसरी एकै पटक ठूलो मात्रामा भातबाट नेपालीहरु अाउदा थप जाेखिम नहाेस भनेर व्यवस्थापनमा थप समस्या हुनसक्छ । संघीय, प्रदेश स्थानीय तहले अहिलेदेखिनै तयारीमा लाग्नुपर्ने देखिन्छ ।