विदेशमा दुःख पाएका नेपालीलाई छिटै फर्काउँछौँ : प्रम ओली


२०७७ जेठ १२ - काठमाण्डौ - नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको जीवन जोखिममा नपार्न सरकार हदैसम्मका काम गर्न तयार रहेको भन्दै कुनै पनि कारणले कोरोना विरुद्धको युद्ध कम नहुने बताउनुभएको छ । बिदेशबाट नेपाल फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई ल्याउन विस्तृत योजना र पुर्व तयारी सहितको आदेश छिटै जारी हुने ओलीले बताउनुभयो । यसको लागि अहिले सरकारले तयारी गरिरहेको उहाँले बताउनुभयाे ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सीमा पार गर्दा जाँच गर्नुपर्नेमा भारतबाट नेपालीहरु परीक्षण बिनै फर्किरहेको र यसले महामारी फैलाउन भूमिका खेलको समेत प्रधानमन्त्रीले भन्नुभयो । उहाँले थप दायित्वका साथ स्थानीय तहले विदेशबाट आएकाहरुलाई व्यवस्थापन गर्नुपर्ने प्रम अाेलीले बताउनुभयो । प्रम ओलीले विश्वका जुनसुकै कुनाका नेपालीलाई सहयोग गर्न नेपाल सरकार तयार रहेकाे बताउदै विदेशमा रहेका नेपालीहरु क्रमश घर फर्किन थालेकाे बताउनु भयाे । उनले भने मैले नेपाली रहेका राष्ट्र प्रमुखसँग सम्वाद गरेको छु। उहाँहरुले निश्न्ति रहन भन्नु भएको छ । ओलीले कसैले पनि आफ्नो इच्छा या रहरले कोरोना संक्रमण बोकेर नआउने पनि उल्लेख गरे। घर फर्किएकाहरुको आत्मसम्मानमा चोट पुग्नु हुँदैन । अफ्ठ्यारो बेलामा केही तत्व भ्रम फिजाएर आफ्ना स्वार्थ पूरा गर्न लागेका छन। यस्ता तत्वहरुबाट सतर्क रहन आग्रह गर्दछु।