चिनियाँ सहयोगको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो


२०७७ वैशाख २७ काठमाडौं - छिमेकी मुलुक चीनले नेपाल लाई दिएको कोरोना भाइरसको उपचार तथा परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । यस अगाडी चीन सरकारले चैत १६ गते पनि नेपाललाई स्वास्थ्य सामग्री सहयाेग गरेकाे थियो । पहिलो लटको सामान शनिबार काठमाडौं आइपुगेको नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले ट्विट मार्फत जानकारी दिएका हुन ।



उनले ट्वीट गर्दै टेस्टिङ किट, एन ९५ मास्क, सर्जिकल मास्क लगायतका अत्यावश्यक सामाग्री नेपाल आएको जानकारी दिएका हुन ।