अाज रेकर्ड ब्रेक १८९ पुष्टी - मामला १४०० नाघ्र्याे - ५३ जिल्लामा फैलियाे काे'राे'ना सं'क्रमण, कुन जिल्लामा कति थपिए ?


२०७७ जेठ १७ - काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमितको संख्या शनिबार १८९ बढेर १४०१ पुगेको छ। शनिबार पुष्टी भएका नया मामलामा १८५ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन। स्वा. मन्त्रालयका अनुसार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२४ मामला पाइएकाे छ । जसमा धनुषाका ७ जना, झापाका १ जना पुरुष रहेका छन्। जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैभन्दा धेरै कपिलवस्तुका ७७ जना संक्रमित भेटिएका हुन। प्रादेशिक प्रयोगशालामा रुपन्देहीमा गरिएको परीक्षणमा २९ जना संक्रमित भेटिएका छन्। जसमा २६ जना कपिलवस्तुको यशोधराका रहेका छन। त्यसैगरी ललितपुरकी एकजना २३ वर्षीया महिला पनि संक्रमित भएकी छन। त्यसैगरी महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १६ जना र सिरहाका ११ जना संक्रमित भेटिएका छन। राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा दाङ गरिएको परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। जहाँ विजयनगर कपिलवस्तुका ३ जना रहेका छन्। त्यस्तै हापुरे दाङका १ जना ३० वर्षीय पुरुष संक्रमित भएका छन्। बगलाचुली दाङका ३ पुरुष र १ महिलामा पनि संक्रमण पुष्टि भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ९ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु सबै सप्तरीका रहेका छन्। जसमा ८ पुरुष र एकजना महिला रहेका छन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु सबैजना दैलेखमा रहेको देवकोटाले बताए। कोशी अस्पताल बिराटनगरमा २ जनामा पुष्टि भएको छ। संखुवासभाका दुई पुरुषमा कोरोना देखिएको हो। नारायाणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा तीनजना संक्रमण पुष्टि भएको छ। त्यहाँ बाराका १ जना पुरुष र पर्सा पर्सौनीका २ जनामा संक्रमण पुष्टि भएको छ। पर्साका एक पुरुष र एक महिला संक्रमित भएका हुन। हिजाे मात्र नेपालमा १७० मामला देखिएकाे थियाे । पछिल्लाे समय भारतमा यातायात संचालन भएपछी फर्किएक नेपालीमा तिब्र मामला पाइएकाे छ । सम्भावित जाेखिमलाइ मध्यनजर गरी नेपाल सरकारले भारतबाट प्रबेश गर्नकाे लागी निश्चित नाका प्रयाेग गर्नु पर्ने सुचना जारी गरेकाे छ ।