प्रदेश १ मा स्वास्थ्यकर्मी'सहित ३ जनामा को'रो'ना सं'क्रमण - नेपालमा पुग्याे २९५ मामला


२०७७ जेठ - ४ - आइतबार प्रदेश १ मा तीनजनामा को'रो'ना मामला पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा मामला देखिएको हो । विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन । धनकुटामा ३४ वर्षकी महिलामा संक्र'मण पुष्टि भएकोछ । सं'क्रमित धनकुटाकी महिला स्वास्थ्यकर्मी रहेको सामाजिक विकास मन्त्री घिमिरेले पुष्टि गरे । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । मध्ये १७ जना उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले पनि आइतबार साँझ विज्ञप्ति निकालेर तीन जनामा स‌ंक्रमण पुष्टि गरेको छ । नेपालमा हालसम्म २९५ मामला देखिएकाे छ भने २ जनाकाे ज्यान ज्यानुका साथै ३६ जना भने निकाे भएका छन ।