धुलिखेल ज्यान गुमाएकी सुत्केरीमा कोरोना अाशंका काठमाणडाैमा पुन परिक्षण जारी


२०७७ - जेठ ३ - काठमाडौं - काभ्रेकाे धुलिखेल अस्पतालमा ज्यान गुमाएका सिन्धुपाल्चोकका एक महिलाको धुलिखेलिस्थत ल्याबमा रिपोर्ट कोरोना पोजेटिभ आएको छ। धुलिखेलमा रहेकाे ल्याबमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमान्डाैमा पुनः परीक्षणका लागि स्वाब ल्याएकाे हाे । विज्ञहरुका अनुसार एउटा पिसिआर मेसिनमा पोजेटिभ आइसकेको एउटै नमुनाको रिपोर्ट अर्को पिसिआर मेसिनमा नेगेटिभ पनी आउने सम्भावना पनी रहन्छ यसकारण थप परिक्षण टेकु मा भैरहेकाे हाे । यध्यपी ति महिलामा काेराेना संक्रमण रहेकाे नरहेकाे अन्तिम टुंगाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अाधिकारिक रिपाेर्ट दिएपछी मात्र थाहा हुनेछ कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दोजुल्दो लक्षण देखिएकी ती महिलाको श्‍वासप्रस्वासमा समस्या देखिएपछि धुलिखेल अस्पतालमा उपचाररत सुत्केरी महिलाको बिहीबार राति ज्यान गएकाे बताइएकाे छ । हाल साे अस्पताल पुर्ण रूपमा सिल गरिएकाे छ