नेपाल बाट उद्धार गरि लएका सबै चिनियाँ स्वस्थ, धन्यवाद दिए नेपाललाइ


२०७७ बैशाख ३१ - काठमाडौँ - एक हप्ता अगाडी नेपालबाट उद्धार गरेर लगिएका चिनियाहरु सबैमा कोरोना भाइरस नेगेटिभ आएको छ । नेपालबाटै चिनियाँ भाषामा सञ्चालन भइरहेको नेपालसम्बन्धी अनलाइन वी च्याट सञ्जाल “सीन निपोअर(नयाँ नेपाल)”ले चीनमा पुगेपछि गरिएको भारस लगायतको विभिन्न स्वास्थ्य परीक्षणबाट उनीहरु सबै स्वास्थ रहेको उल्लेख गरेको छ । साथै उनीहरूले तुलनात्मकरुपमा नेपाल कोभिडबाट सुरक्षित रहेकोकाे पनी बताएका छन । अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि नेपालमा अलपत्र परेका झण्डै ३ सय ५० जना चिनियाँहरुलाई काठमाडौैंस्थित चिनियाँ दूताबास तथा नेपालस्थित आप्रबासी चिनियाँ संघको समन्वयमा गत बिहिबार एअर चाइनाको उडानबाट उद्धार गरि सिछुवान प्रान्तको छन्तु सहर र चाइना साउदर्न एअरलाइन्सको उडानबाट चीन लगिएकालाई क्वाङ्गचौ (ग्वानझाउ) सहरमा आइसोलेसनमा राखिएको चीनले जनाएकाे छ । फर्किएका चिनियाँका आफन्तले नेपालमा रहदाँ कोभिड संक्रमणबाट सुरक्षित रहेकालाई बधाई र सुरक्षाको उचित मापदण्ड अपनाएकोमा नेपाललाई धन्यवाद दिएका छन् । साथै उनीहरूले नेपालमा रहेको अन्य चिनियाँहरुलाई सुरक्षित र स्वास्थ्य रहन अनि धैरयता देखाउन सुझाव दिएका छन ।