मलेसिया'बाट घर फर्कन २६ सय नेपालीको आवेदन ! कस्ता कस्ता नेपलाी कहिले सम्मा अाउन पाउनेछन जान्नुस ?


२०७७ बैशाख २६ - मलेसियामा कार्यरत २० जना नेपाली श्रमिकमा को'रो'ना भा'इ'रस सङ्क्र'मण देखिएको छ । मलेसियामा रहेको नेपाली दूतावासले शुक्रबार सम्ममा त्यहा २० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको जनाएकाे हाे । दूतावास'का अनुसार सङ्क्र'मित मध्ये तीन जना भने निको भैसकेका छन् । अरुको स्वास्थ्य अवस्था सामान्य रहेको र मलेसियन सरकारले नै सङ्क्रमितको उपचार गरिरहे'को छ । दूतावासले अनलाइन'मार्फत सङ्कलन गरेको तथ्याँक'अनुसार शुक्रबार'सम्म २६ सय जना नेपालीले ले घर फर्कन पाउँ भन्दै आवेदन दिएकाे जनाए'काे छ । द्वितीय सचिव प्रतिक कार्की'का अनुसार दूतावासले अनलाइन'मार्फत आफ्नो विवरण भर्न भनेकोमा शुक्रबार सम्ममा २६ सय जना मलेशियामा रहेका नेपालीले फारम भरेका हुन । मलेसियामा मे १२ अर्थात वैशाख ३० गतेसम्म लकडाउन छ । भने नेपालमा जेठ ५ गतेसम्म थप्दै जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय सरकारले गरेकाे छ । जनवरी १ देखि भिसा सकिएर मलेसियामा ओभरस्टे भएकाहरु त्यहाँ लकडाउन सकिएको १४ दिनभित्र स्वदेश फर्कन पाउने'छन् । भिसा सकिएर ओभरस्टे भएका'ले स्वदेश फर्कंदा कुनै जरिवाना तिर्नु पर्दैन । जनवरी १ भन्दाअघि नै भिसा सकिएर वा विभिन्न कारणले गैरकानुनी हिसाबले मलेसियामा बसिरहेका श्रमिक भने यो समय'मा स्वदेश फर्कन पाउने छैनन् । पहिलेकै नियम अनुसार तोकेको जरिवाना र सजाय भोग्न'पर्ने हुन्छ । मलेसियाले त्यहाँको लकडाउन सकिएको १४ दिनभित्र फर्कन सक्ने बताए पनि नेपालमा लकडाउन नखुल्दा नेपाली श्रमिकले यो समयमा नेपाल फर्कन पाउने या नपाउने भन्ने'बारे कुनै निर्णय भएको छैन । लकडाउन अवधिको तलब श्रमिकलाई पूरा तलब दिलाउनका लागि दूतावास'ले निरन्तर समन्वय गरिरहेको कार्कीको बताए । बस्न खान लगायत आफूलाई परेका समस्या हटलाइन मार्फत टिपाउन पनि दूतावासले अनुरोध गरेको छ । श्रमिकलाई परेका समस्या समाधान'मा लागीरहेकाे दूतावासले जनाए'काे छ ।