ब्यबस्थापनमा सेना परिचालन गर्ने सरकारको निर्णय


२०७७ जेठ १८ - काठमाडाै - नेपाल सरकारले विदेशबाट नेपाल फर्कन चाहने नेपालीको व्यवस्थापनमा नेपलाी सेना परिचालन गर्ने निर्णय गरेको छ । शनिबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्काे बैठकले विदेश बाट नेपाल फर्कन चाहने नेपालीको व्यवस्थापन चुस्त बनाउन सेना परिचालन गर्ने निर्णय गरेको हो । सरकाले तत्काल भारत तथा तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई नेपाल ल्याउने निर्णय गरिसकेको छ । उनीहरूको व्यवस्थापनका लागि सेना परिचालनको निर्णय सरकारले गरेकाे हाे । साथै मन्त्रिपरिषद्ले कोरोना मामला बढी भएको स्थानमा समेत सेना परिचालन गर्ने निर्णय गरेको छ । नेपालमा सरकारले जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय पनि गरेको छ साथै असार १६ सम्म अन्तराष्टिय हवाइ नाका समेत बन्द गर्ने निर्णय सरकारले गरेकाे छ ।