दैलेखको पेट्रोलियम अन्वेषण आगामी वर्ष पूरा हुने


२०७७ जेठ २ - काठमाण्डाैं - नेपाल सरकारले दैलेखको पेट्रोलियम अन्वेषण कार्य आगामी वर्षमा सक्ने पनि बताएको छ । देशका विभिन्न १० स्थानमा पेट्रोलियम अन्वेषणको कार्य जारी रहेको शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभयाे । सरकारले बझाङ वैतडीमा रहेको फस्फोरसाइटको अन्वेषण पनि यसै वर्ष सक्ने जनाएको छ । साथै बहुमूल्य पत्थरहरुको उत्खनन, प्रशोधन गरिने नीति तथा कार्यक्रममा सरकारले उल्लेख गरिएको छ ।