नेपालमा एकैदिन ११४ जनामा संक्रमण, संक्रमितकाे ८८६ पुग्याे । कहा कहा नया मामला ?


२०७७ जेठ १४ काठमाडौ - जेठ १४ गते बुधबार एकैदिन नेपालमा अहिले सम्मकै सबै भन्दा बढी संख्यामा कोरोना मामला थपिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित जानकारीकाे क्रममा थप ११४ जनामा नया मामला देखिएको बताएकाे हाे । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । साथै धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिने सबै सप्तरीका रहेका छन । पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको छ । यसैगरी हेटौडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामो कोरोना पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ । संक्रमण देखिएका मध्ये पुरुष ७ सय ९६ र महिला ९० रहेका छन् । अहिले देशभरीका आइसोलेसनमा ६ सय ९९ जना संक्रमित रहेका छन् । बुधबारसम्म १ सय ८३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।