सर्वोच्च अदालते भन्याे पीसीआर परीक्षणको दायरा बढाउ


२०७७ जेठ १ - काठमाडाै - काठमाण्डाै स्थित सर्वोच्च अदालतले को'रो'ना भा'इरस'को सङ्क्रमणबाट नागरिकको जीवन रक्षा काे लागी सम्भावित थप जाेखिम टार्न तत्कालै पीसीआर परीक्षणको दायरा तिब्र रूपमा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । हामारीबाट बच्न पी'सी'आर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज अन्तरिम आदेश जारी गरेको हो । साथै, साे आदेशमा महा'मारी निय'न्त्रणमा सरकारले गरेका कामहरुका बारे पनी १५ दिनभित्र लिखित जवाफ दिन आदेश छ । साे आदेशमा भनिएको छ, अहिलेको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नुपर्ने अवस्था रहेकाले तत्काल PCR दायरा बढाउनेतर्फ र सोको अभाव नहुनेतर्फ आवश्यक पहल गर्न अन्तरिम आदेश जारी गरिदिएको छ । अधिवक्ता कमलबहादुर खत्री'सहितले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले उक्त आदेश जारी गरेको थियाे ।