आउदाे वर्ष रसुवागढी-काठमाडौ र वीरगञ्ज-काठमाडौँ रेलमार्ग'को निर्माण थाल्ने सरकार'काे घोषणा


२०७७ जेठ २ - काठमाडौ - नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी-काठमाडौँ र वीरगञ्ज-काठमाडौँ रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको तर्फबाट संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रसुवागढी-काठमाडौँ र वीरगञ्ज-काठमाडौँ रेलमार्ग निर्माणको प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भईसकेकोले अब निर्माणको प्रारम्भिक काम थालनी बताउनुभएकाे हाे । नीति तथा कार्यक्रममा पूर्वापश्चिम रेलमार्गको काँकडभिट्टा-ईनरुवा-खण्डको निर्माणको पनि काम प्रारम्भ गर्ने उल्लेख छ । पूर्व-पश्चिम रेलमार्गको एउटा बाहेक सबै खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भईसकेको छ ।