कालापानीमा नेपाली भुमी रक्षा गर्न सुरक्षा फाैजकाे टाेली लिएर सेनाकाे हेलिकप्टर प्रथान


२०७७ बैशाख ३१ काठमाणडाै - सशस्त्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति डम्बर'बहादुर बिष्ट प्रहरी टोली लिएर व्यास गाउँ'पालिका वडा नम्बर १ छाङ्‌रू'तर्फ उडेका छन्‌। सातजना सशस्त्र प्रहरी र दुई जना स्थानीय'का साथ नेपाली सेना'को एनए ०५७ नम्बर'को हेलिकोप्टर लिएर गुल्मपति बिष्ट छाङ्‌रु प्रस्थान गरेका हुन । छिल्लाे समय भारतले नेपाली भुमी अतिक्रमण गरी बाटाे बनाए'काे समाचार'हरू अाएपछी लिपुलेक आसपासको' सीमा सुरक्षा तथा नेपाली भुमी बिशेष निगरानी तथा नेपालकाे उपस्थित बाक्लाे गर्न लागि सशस्त्र प्रहरी बलको टोली बेस खडा गरी बस्न त्यसतर्फ प्रस्थान गरेका हुन । सशस्त्रको टोली बस्ने ठाउँ, घर र अन्य बन्दो'बस्ती मिलाउन डिएसपीको टोली कालापानीबाट करिब १२ किलो'मिटर दक्षिण पूर्वमा पर्ने छाङ्‌रु गएको हो। पौने एक बजे पहिलो पटक उडेको हेलिकोप्टरले दोस्रो पटक सशस्त्र प्रहरीको बन्दोबस्ती'को सामान लैजाने छ। करिब ६ महिना पुग्ने रासन तारबार, इन्धन, सोलार र अन्य बन्दो बस्तीका सामाग्री लिएर गएकाे हाे । साे टाेली ६ महिनाका लागि सशस्त्र प्रहरी बल छाङ्‌रुस्थित स्थानीयको घरमा भाडामा बस्ने'छन । प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वमा व्यासको छाङरुमा २५ जना सशस्त्र प्रहरी टोली पहिलो पटक तैनाथ गरिँदैछ। साे टाेलीले नेपालकाे भुमीमा निगरानी बढाउनेछन ।