नेपालमा लकडाउन जेठ ५ गते सम्म लम्वियो; लगातार ५५ दिन लकडाउनमा


२०७७ बैशाख २४ - नेपाल सरकारले देशभर जारी लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार अपरान्न बसेको मन्त्रि'परिषद्को बैठकले बैशाख २५ गते सकिने लकडाउन अवधिमा १० दिन थप्ने निर्णय गरेको छ । काे'राे'नाकााे सं'क्र'मण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लक'डाउनको घोषणा गरेको हाे । लकडाउन बुधवार सम्म ४४ दिन पुगेको छ । बुधवार १० दिन थपिए संगै अब मुलुक लगातार ५५ दिन लकडाउन कायम रहने छ । झण्डै दुई महिना सम्म अत्यावश्यक बाहेकका सबै सेवा र क्षेत्र पूर्ण रुपमा बन्द गराइएकाले मुलुकको अर्थतन्त्रमा नका'रात्मक प्रभाव पर्न सकने भन्दै विभिन्न क्षेत्रबाट प्राथ'मिकताका आधार तोकेर लकडाउन खुकुलो पार्नुपर्ने माग गरिएको थियो ।

सुरूमा नियन्त्रणमा अाएपनी हाल नेपालमा काे'राे'ना सं'क्रमितको संख्या निरन्तर बढ्दै गएपछि सरकारले लकडाउनलामा थप कडाइ गर्ने निर्णय गरेको हो । यसअघी उप'प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेल'को संयोजकत्व'मा रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण'सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले जोखिमका आधारमा जिल्लाहरु'लाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यस'अनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको भएपनी सम्भावित जाेखिमलाइ ध्यानमा राख्दै तत्काल त्यस सम्वन्धमा निर्णय लिनु हतार हुने भन्दै मन्त्री'परिषद्ले लकडाउन'लाई निरन्तर राख्ने निर्णय गरेको हो ।