कालापानी नजिक सशस्त्र प्रहरीको बीओपी स्थापना भयाे


२०७७ वैशाख ३१ - काठमाडौ - नेपाल भारत सिमा क्षेत्र दार्चुलाको छाङरुमा बुधबार अपरान्न सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । छाङ्रुमा हाल भाडाको घरमा बीओपी खडा गरिएपनी चाँडै अस्पताल सहितको भौतिक संरचना बनाउन थाल्ने सशस्त्र प्रहरीले जनाइएको छ । भारतले नेपालकाे भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै नेपालकाे सशस्त्र प्रहरीले उपस्थिति जनाएकाे हाे । बेस स्थापनाकाे लागी नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत थापा सहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतको टोली दार्चुला गएका थिए । बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको हाे ।

बुधबार बिहान दार्चुला सदरमुकामको नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टर अवतरण गरिएको थियो । त्यहीँबाट सशस्त्र प्रहरीको १२ जनाको टोलीलाई छाङरुमा लगिएको थियो । २५ जना सुरक्षा टाेलीलाइ साे बिअाेपीमा राखिनेछ । अाज १२ जना साे स्थानमा पुगेकाे अरु अन्य बाीलाइ बन्दाे बस्तिका सामाग्री सहित भोलि पठाउने तयारी भएकाे सशस्त्र प्रहरीका एक अधिकृतले जानकारी दिएका छन । बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गर्दैछन् । नेपलाी सुरक्षा टाेलीकाे बेस विवादित कालापानी क्षेत्रबाट करिब १२ किलोमिटर वर रहेकाे छ । साे ठाउमा नेपाल प्रहरीकाे चाैकी पनी भएपनी बाह्रै महिना प्रहरी त्यहा हुदैनन । लिपुलेकमा नेपाली भूमि मिचेर भारतले मानसरोवर जोड्ने सडक संजाल खनेपछी नेपालमा चर्काे बिराेध भैरहेकाे छ ।