देशभर लकडाउन : हुम्लाका २ विद्यालयमा नियमित पठनपाठन चल्दै !


२०७७ वैशाख २९ - हुम्ला - बिश्व यतिबेला कोरोना भाइरसको संक्रमणका कारण लकडाउनमा छ । नेपालमा पनी गत चैत १२ बाट जेठ ५ सम्मलाइ लकडाउन कायम गरीएकाे छ । देशभर लकडाउन भएसंगै भाेलीका देशका कर्णधार बालबालिकाहरू विद्यालय जानबाट बञ्चित भएका बेला हुम्ला जिल्लाका दुई विद्यालयमा भने नियमित पठनपाठन भइरहेकाे छ । हुम्लाका २६ उच्च माध्यमिक विद्यालय तथा १ १८ वटा आधारभुत विद्यालयहरु रहेका छन जसमध्ये २ वटा विद्यालयमा पठनपाठन चलिरहेको हाे । छिमेकी मुलुक चीनको सीमानासँग जोडिएको उत्तरी हुम्लाको नाम्खा गाँउपालिका - ६ लिमिका २ विद्यालयमा नियमित पठनपाठन भैरहेकाे हाे । भृकुटी आधारभुत विद्यालय जाङ्गका १५ जना बालबालिका र सुनखानी आधारभुत विद्यालयका ३५ जना बालबालिका नियमित विद्यालय जाने गरेको नाम्खा गाँउपालिका–६का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिएका छन । नेपाल टेलीभिजमा खबर छ ।