दिल्लीबाट हिँडेरै नेपालमा, भारतीय प्रहरीले नै सीमा कटायो


२०७७ वैशाख ३० - विराटनगर - छिमेकी मुलुक भारतको नयाँ दिल्लीबाट ११ दिन सम्मकाे पैदल यात्राबाट ११ जना नेपाली युवाहरू विराटनगरको सीमावर्ती क्षेत्र रानी आइपुगेका छन । भारतमा जारी लकडाउनका कारण ज्यान पाल्न धाै भएपछी यवाहरू ११ दिनकाे पैदल यात्रा तथा कतै कतै भारतकाे स्थानीय ट्रक चढेर फर्किएकाे बताएका छन । सीमावर्ती क्षेत्र जोगवनी भन्ने ठाउमा राति करिब १२ बजे तिर आइपुगेकाहरु लाई भारतीय प्रहरीले राति २ बजे तिर चोरबाटो हुँदै नेपाल पठाएको छ । उनीहरूलाइ हाल विराटनगर महानगरपालिका– १६ हुलास मेटल उद्योगमा रोकेर राखिएको छ । अाधा रातमा नेपाल प्रबेश गरेका उनीहरुले नेपाल नगए कुट्ने भन्दै भारतीय प्रहरीले धम्क्याएकाे समेत बताएका छन । साथै उनीहरू भारतिय प्रहरीले देखाएकाे चाेरबाटाे भएर नेपाल प्रबेश गरेकाे बताएका छन । २ बजे राती नेपाल अाएका ११ जना सहित अन्य चारजनालाई नेपाल प्रहरीले सीमावर्ती क्षेत्रमा रोकेर राखेको छ । नेपाल प्रवेश गर्नेमा ११ जना दिल्लीबाट हिँडेर आएका र ४ जना बिहारको छप्रा जिल्लाबाट राती २ बजे आएकाे इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका बताएका छन हाल उनीहरूलाइ नेपालकाे स्थानीय प्रशासनको समन्वयमा क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ । प्रहरीका अनुसार नेपाल झापाका ४ जना, मोरङका २ जना र सुनसरीका ९ जना नेपाल अाएका अहुन । अहिले उनीहरुलाई विराटनगर - १६ का वडाध्यक्ष मनोज सुब्बाले खानपानकाे व्यवस्था गरेका छन । छिमेकी मलुलुक भारतले जोगवनीमा निर्माण गरेको क्वारेन्टाइनमा झण्डै ६० नेपालीहरू रहेकाे बताइएकाे छ ।