कालापानीमा सशस्त्र प्रहरीले गस्ती थाल्यो


२०७७ जेठ १ - काठमाडौं - हिजाे बुधबार दार्चुलाको व्याँस गाउँपालिका -१ छाङ्‍गरुस्थित गागामा बोर्डर आउट पोस्ट स्थापना भएपछी सशस्त्र प्रहरीकाे टाेलीले कालापानी क्षेत्रस्थित नेपाल-भारत सीमा क्षेत्रमा गस्ती थालेको छ। नेपाल भारत सिमा नजिक नेपालकाे सशस्त्र प्रहरीकाे टाेली बिओपी ले बिहीबार देखि सीमा क्षेत्रमा निगरानी तथा गस्ती अारम्भ गरेकाे हो। सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) बाट खटिएको टोलीले गागा स्थित महाकाली नदी किनारमा गस्ती गर्न थालेको हो धेरै बर्ष अगाडी देखी भारतको अतिक्रमणमा परेको नेपालकाे भुभाग कालापानी क्षेत्रमा गृहमन्त्रालयले सशस्त्र प्रहरीको गुल्म नै राख्‍ने प्रक्रिया अघि बढाएको छ।

सरकारले ब्याँस गाउँपालिकाको छाङ्‍गरुस्थित गागामा बुधबार २५ जना टोली सहितको बोर्डर आउट पोस्ट राखेको हो। बुधबार गागामै बास बसेका गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार प्रा. डा. ईन्द्रजीत राईले महाकाली किनारमा रहेका भारतीय सुरक्षाफौजका टोलीलाई पनि साेही क्रममा भेट गरेका छन। महाकाली माथिको काठेपुल (सीतापुल) मा गृहमन्त्रीका सुरक्षा सल्लाहकार राई सँग भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रतिनिधिले भेट गरेका हुन ।