अाज १५६ जनामा संक्रमण पुष्टी, मामला १०४२ पुग्याे- कुन जिल्लामा कति ?


२०७७ जेठ १५ - नेपालमा बिहिबार एकैदिन अहिले सम्मकै उच्च संख्यामा कोरोना संक्रमणका नयाँ विरामीहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकका अनुसार बिहिबार नेपालमा थप १५६ जनामा नया मामला देखिएकाे हाे । यो सँगै नेपालमा संक्रमण मामला १०४२ पुगेको छ । जसमा १८७ जना निकाे भएर घर फर्किएका छन भने ५ जनाकाे ज्यान गएकाे हाे । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ७७ जनामा पोजेटिभ पाइएको छ । उनीहरू मध्ये धनुषाका २९ जना, महोत्तरीका १७ जना, राैतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, दोलखाका २ जना, सोलुखुम्बुका १ जना रहेका छन । त्यस्तै सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरू मध्ये बझाङका १ जना, सुर्खेतका १३ जना र दैलेखका ८ छन । त्यसै गरी विपि कोइराला क्यान्सर अस्पताल धरानको प्रयोगशालामा भएको परीक्षणमा २ जना पोजेटिभ दिएका छन । उनीहरू दुबै जना सप्तरीका रहेका छन । त्यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा २५ जनामा पोजेटिभ देखिएको छ । उनीहरू सबै झापाका रहेका छन । यस्तै भरतपुर अस्पतालमा भएको परीक्षणमा एक जनामा पोजेटिभ देखिएको छ । साे व्यक्ति नवलपुरका हुन । मन्त्रालयका अनुसार प्रदेशिक प्रयोगशाला गण्डकीमा भएको परीक्षणमा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा ३ जना नै स्याङ्जाका रहेका छन । त्यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशलामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरू सबै कैलालीका हुन । यस्तै किटजन्य केन्द्र हेटाैडाको प्रयोशालामा भएको परीक्षणमा १ जनामा पोजेटिभ देखिएको छ उनी मकवानपुरका हुन । यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जना पोजेटिभ देखिएका छन उनीहरू वर्दिका ३ र बाँकेका १ जना रहेका छन । यस्तै धुलिखेल अस्पतालको प्रयोगशाामा भएको परीक्षणमा १७ जनामा को'रो'ना पोजे'टिभ देखिएको छ । उनीहरू सबै राैतहटका रहेका छन ।